सुनचाँदीको मूल्य फेरि बढ्यो


 


काठमाडौं, फागुन २३
हिजो मात्रै तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज फेरि बढेको छ ।

आज सुन तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मू्ल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला सात सय ५० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्