सुनचाँदीको मूल्य घट्यो, कति छ हेर्नुहोस्


 


काठमाडौं, फागुन २२
बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ५७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ४० रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ४५ रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्