आज एमाले स्थायी कमिटीको बैठक बस्दै, राष्ट्रपतिमा भण्डारीकै सम्भावना


 


काठमाडौँ, फागुन २२

राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ ।

निर्वाचन आयोगले यही फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तय गरेकाले सोबारेमा छलफल गर्न मंगलबार दिउँसो ४ बजे बैठक बस्न लागेको पार्टीका सचिव गोकर्णराज विष्टले जानकारी दिनुभयो ।

वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा एमालेले ठोस निर्णय गर्ने बुझिएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।

आयोगले साेमबार साँझ आफ्नो वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको हो ।

संविधानअनुसार संघीय संसद् र प्रदेशसभाका सदस्य रहेको निर्वाचकमण्डलले तेस्रो राष्ट्रपति निर्वाचनमा मतदान गर्नेछ । संघीय संसद्का २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० प्रदेशसभा सदस्यले निर्वाचनमा भाग लिनेछन् ।

आयोगले राष्ट्रपतिका लागि यही फागुन २३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा एमालेले ठोस निर्णय गर्ने बुझिएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्