अन्ततः कांग्रेसमा देउवा नै संसदीय दलको नेता निर्वाचित


 


काठमाडौं, फागुन २१
नेपाली कांग्रेस संसदीय दलको नेतामा अन्नतः सभापति शेरबहादुर देउवा नै निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पराजित गर्दै देउवा दलको नेता चुनिएका हुन् ।

उनले सिंहलाई २५ मतान्तरले पराजित गरेका हुन् । उनले ४४ मत ल्याए भने सिंहले १९ मत प्राप्त गरे । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । संसदीय दलको नेता चयन भएसंगै अब देउवा प्रमुख विपक्षी दलको नेता बनेका छन् ।

 

प्रकाशित मिति: २१ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्