नेप्सेमा ४२ अंकको गिरावट


 


काठमाडौँ, फागुन २०

निरन्तर ओरालो लागेको नेप्से आज ४१.५६ अंकले झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सबै परिसूचक नकारात्मक रही एक हजार ३०४ अंकमा ओर्लिएको हो ।

यो एक वर्षयताकै न्यून बिन्दु हो । ‘क’ वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्समा ३.०१ अंकले ओरालो लागेको छ भने नेप्से ३.०९ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी बीमा समूहको परिसूचक २८६ अंकले घटेको छ । सेयर बजारमा १५१ कम्पनीको १३ लाख ११ हजार कित्ता सेयर पाँच हजार ९४३ पटक किनबेच भएको छ भने रु ४८ करोड बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्