रेशम चौधरीसहित २४ जना बन्दीद्वारा कारागारभित्रै आमरण अनसन सुरु


 


काठमाडौं, फागुन २०
राष्ट्रिय जनता पार्टीका प्रदेश सांसद कृष्ण चौधरीले प्रदेश संसदमा प्रतिनिधिसभा सांसदले चौधरीलाई सपथको व्यवस्था गर्न पहल गनुपर्ने आवाज उठाइरहेका बेला आइतबार बेलुकादेखि कैलाली काराबारमा रहेका सांसदसहित टीकापुर घटनाका २४ जना बन्दीले कारागारभित्रैबाट आमरण अनशन सुरु गरेका छन् ।

सांसद चौधरीसहित टिकापुर काण्डमा पुर्पक्षका लागि थुनामा रहेका २४ जना अनशनमा बसेका हुन् । बेलुका साढे ५ बजेपछि अनसन सुरु गरेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनले सांसद रेशम चौधरीले संसदमा सपथ लिन पाउनुपर्ने, टिकापुर घटनाका सबै बन्दीलाई रिहाई गर्नुपर्नेलगायतका माग राखी अनशनमा बसेको बताए ।

लामो समयदेखि फरार रहेका सांसद चौधरीले गत १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए । कारागार प्रशासनले भने यस बिषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

आज प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुलाई सपथग्रहण गरेका छन् । तर, सांसद चौधरी भने सपथ लिनबाट बन्चित भका छन् । सांसद चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका थिए ।

प्रकाशित मिति: २० फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्