सुनको मूल्य बढ्यो, चाँदीको यथावत


 


काठमाडौं, फागुन २०
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५७ हजार सात सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने तलमाथि भएको छैन । आज पनि चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमै काराबार भइरहेको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्