सत्तारुढ दल र फोरमबीच आज निर्णायक बार्ता, मन्त्रालयमा सहमति जुटाइने


 


काठमाडौं, फागुन २०
सत्तारुढ दल र संघीय समाजवादी फोरमबीच सरकारमा सहभागिताबारे आज निर्णायक वार्ता हुने भएको छ । यसअघि पटक पटकका बार्ताबाट निश्कर्ष ननिस्किएपछि आज निर्णायक वार्ता हुन लागेको हो ।

फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारीकाअनुसार संविधान संशोधनमा सत्तापक्ष सहमत भइसकेकाले आजको वार्ता मन्त्रालय बाँडफाँडका विषयमा केन्द्रीत हुने छ ।

सरकारले पछिल्लो समय संविधान संशोधन गर्दै फोरमलाई सरकारमा ल्याउन गृहकार्य गरिरहेको छ । तर सत्तारुढ दल र फोरमबीच संविधान संशोधनमा सहमत भए पनि मन्त्रालय बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।

प्रकाशित मिति: २० फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्