घाँस काट्नेक्रममा रूखबाट लडेर बृद्धको मृत्यु


 


झापा, फागुन २०
झापाको बिर्तामोड नगरपालिका–७ मा शनिबार एक व्यक्तिको रूखबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा वारघरे निवासी ६२ वर्षीय मानबहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

घर नजिकै रहेको रूखमा घाँस काट्ने क्रममा लडेको र उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: २० फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्