आगलागीमा दुई वर्षीया बालिकाको मृत्यु


 


कपिलवस्तु, फागुन २०

यहाँको विजयनगर गाउँपालिका–७ मानपुर डाँडाको एक घरमा शनिबार आगलागी हुँदा बालिकाको मृत्यु भएको छ ।

अबहोरी यादवको फुसको घरमा बालेको आगो ननिभाउँदा हावाहुरीले आगो सल्किदा यादवकी दुई वर्षीया नातिनी राजकुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो ।

बालिकालाई घरभित्र सुताएर बाहिर काममा निस्केका परिवारले घरमा आगो लागेको थाहा पाए पनि आगो नियन्त्रणमा आउन नसकेपछि बालिकालाई बचाउन सकेनन् । आगलागीबाट घरमा रहेका सात बाख्रा पनि जलेर मरेका छन् भने ३० हजार नगदसहित तीन लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

गाउँपालिका भए पनि दमकल नहुँदा आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । स्थानीय समुदाय र प्रहरीको सक्रियातामा आगलागी नियन्त्रणमा आएको थियो । रासस

प्रकाशित मिति: २० फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्