सर्वोच्चको आदेशप्रति प्रधानमन्त्री आक्रोशितः ‘सपथ कसैले रोक्न सक्दैन’


 


काठमाडौं, फागुन २०
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतप्रति कडा टिप्पणी गरेका छन् ।

उनले राष्ट्रिय सभामा सिफारिस गरिएका तीनजनाको नाम अघि नबढाउन सर्वोच्चले दिएको अन्तरिम आदेशप्रति आक्रोश पोखेका हुन् । आजको अन्नपूर्णमा खबर छ ।

संसद सचिवलयमा एमाले र माओवादी केन्द्रका सासंदहरुलाई शनिबार संयुक्त निर्देशन दिँदै उनले राष्ट्रिय सभामा तीनजनाको मनोनयन कसैले राक्ने नसक्ने बताए ।

उनले आइतबारसम्म तीनजना मनोनयनको विषय किनारा लागिसक्ने पनि जिकिर गरे। ुहामीले सिफारिस गरेर राष्ट्रपतिले मनोनयनको विषयमा प्रश्न उठाउनु पर्ने नै थिएनु, उनले भने, ‘राष्ट्रपतिबाट जे निर्णय गर्नु भएको छ त्यही अन्तिम हुन्छ ।’

उनले पाँच वर्षको अवधिलाई ‘विकास वर्ष’ बनाउने घोषणा गरे । प्रधानमन्त्री ओलीले पाँच वर्षमा देशले विकास र समृद्धिले फड्को मार्ने बताए ।

प्रतिपक्षसँग सुमधुर सम्बन्ध राखेर अघि बढ्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । आफुले प्रतिपक्षलाई उदार, फराकिलो र जिम्मेवारीपूर्वक सम्मान गर्ने पनि ओलीले बताए । ‘हामी प्रतिपक्षसँगै मिलेर अगाडि बढ्न चाहन्छौ,’ ओलीले कांग्रेसतर्फ सं‌केत गर्दै भने ।

प्रकाशित मिति: २० फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्