लोकतान्त्रिक गणतन्त्र कंगोमा जातीय द्वन्द्व, ४० जनाको मृत्यु
कंगो, फागुन १९
लोकतान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो) को माजेमा बिहीबार देखि शुक्रबार सम्म भएको भिडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको छ ।
हेमा र लेन्डु नाम गरेका दुई जातिकाबीचमा इतुरी प्रान्तमा अन्तरजातीय भिडन्त भएको सुरक्षाकर्मी र स्थानीय श्रोतले जनाएका छन् ।
श्रोतका अनुसार मारिएका मध्ये अधिकांश हेमा जातीय समुदायका रहेका छन् । उनीहरूलाई लेन्डु आक्रमणकारीरूले एक्कासी रातको समयमा गाँउमै गएर आक्रमण गरेका थिए ।
घटनास्थलमा पूर्ण शान्ति सुरक्षा कायम गर्न सुरक्षा अधिकारीहरुको बैठक बसेको इतुरी प्रान्तका गभर्नरले सिन्ह्वालाई जानकारी दिनुभयो ।
“आक्रमणमा परी मारिएकाहरूको शव अहिले सम्म पनि माजेको घटनास्थलमै छ, अन्त्येष्टि गर्नु अघि केन्द्रीय सरकारका मानवीयता सम्वन्धी मन्त्रीले घटनास्थलमै गएर शवहरु अवलोकन गर्नुहुने छ भन्ने हामीले चाहेका छौं,” इतुरी नागरिक समाजका अध्यक्ष जेअन बोस्को लालोले भन्नुभयो ।
दुई महिना अगाडी देखि भएको हेमा र लेन्डु दुई जात बिचको भिडन्तका क्रममा यसअघि एक सय भन्दा बढीको मृत्यु भएको छ । सदरमुकाम तय गर्नसम्बन्धी विवादका कारण उनीहरूबीचमा भिडन्त हुदै आएको छ ।
बेला बेलामा भइरहने भिडन्तमा परी हजारौ घरहरु जलाइएका छन् भने ६० हजार भन्दा बढी स्थानीय बासिन्दा बुनिआ तर्फ विस्थापित भएका छन् । रासस÷सिन्ह्वा
प्रकाशित मिति: १९ फाल्गुन २०७४, शनिबार