होली खेल्नेक्रममा छुरा प्रहारबाट एक जनाको मृत्यु


 


टीकापुर, फागुन १८
होली खेल्ने क्रममा कैलालीको टीकापुरमा छूरा प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ मा मा हिजो राति पौने १ बजेको समयमा होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो ।

छुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

छूरा प्रहार कसले र किन गर्यो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न भएको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्