फोरम सरकारमा गए उपेन्द्रको मर्यादाक्रम कहाँ ?


 


काठमाडौं, फागुन १८
संघीय समाजबादी फोरम सरकारमा सहभागी भए प्रधानमन्त्रीपछिको मर्यादाक्रममा कसलाई राख्ने भन्ने समस्या भएको छ ।

सरकारमा सहभागी हुने भएपछि फोरम अध्यक्ष यादवले आफ्नो मर्यादाक्रमबारे पनि कुरा राखेका छन् । प्रधानमन्त्री ओलीसँगको छलफलमा उनले मर्यादाक्रममा आफू अगाडि हुनुपर्ने प्रस्ताव गरेको स्रोतले बतायो ।

अन्य मन्त्रीहरू पार्टी अध्यक्षको हैसियतमा सहभागी नहुने, उपप्रधानमन्त्री र दुई–दुईपटक परराष्ट्रमन्त्री भएकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्ने यादवको दाबी छ । तर, प्रधानमन्त्री ओलीले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

को–को छन् मन्त्रीका दाबेदार ?
फोरम सरकारमा सहभागिता जनाउने भएपछि मन्त्री बन्न नेताहरुले आकांक्षा देखाउन थालेका छन् । मन्त्रीमा अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेताहरू इस्तियाक राई र रेणु यादव मन्त्रीका मुख्य दाबेदार हुन् ।

अध्यक्ष यादव कम्तीमा ३ देखि ४ जनालाई मन्त्रिपरिषद्मा सहभागी गराउने गरी दुईवटा प्रभावशाली मन्त्रालय लिने योजनामा रहेको बताइएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्