टीकापुर घटनाबारे के भन्छन् रमेश खरेल ?


 


ramesh-kharelकाठमाडौं, भदौ १३

नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेलले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाबारे सक्षिप्त प्रतिक्रिया दिएका छन् । एसएसपी खरेलले कैलालीमा भएको घटना निन्दनीय भएको भन्दै घटनामा संलग्न अपराधीलाई कर्तव्य ज्यान मुद्दामा जेल हाल्नुपर्ने बताए ।

‘मैले आइजीपी सापसँग पनि कुरो गरिसकेको छु, यस्तो क्रुर अपराध गर्नेलाई कर्तव्य ज्यान मुद्दामा आजीवन जेल हाल्नुपर्छ’ उनले भने । उनले घटनामा भारतीय अपराधिक समूहको समेत घुसपैठ भएको सुनिन आएकाले भारतीय प्रहरीको समन्वयमा छानविन गरी नेपाल प्रहरीले अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।

‘इण्डियन पुलिससँग संगठनको राम्रो समन्वय रहि आएको छ, यदि भारतबाट घुसपैठ भएको भने अपराधीहरुलाई पक्रेर इण्डियन पुलिसले नेपालको जिम्मा लगाउनुपर्छ । नेपाल ल्याएर उनीहरुलाई कडा भन्दा कडा सजायँ दिएर कारवाही गनृुपर्छ ।’ उनले घटनाको अनुसन्धानमा सबै पक्षले सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने धारणा राखे ।

यसैबीच एसएसपी खरेलले आफ्नो नामबाट फर्जी फेसबुक पेज बनाएर जथाभावी लेख्नेविरुद्ध कानुनी उपचारमा लागेको बताए । स्रोत दैनिक नेपाल

प्रकाशित मिति: १३ भाद्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्