फोरम सरकारमा जान तयार, भयो दुई बुँदे सहमति


 


काठमाडौं, फागुन १८
संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ ।

संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।
सहमतिका लागि अन्तिम मस्यौदा पनि तयार भइसकेको फोरमसँगको छलफलका लागि गठित कार्यदलका एक सदस्यले बताए ।

दुईतिहाइ मत पुर्‍याउने गृहकार्यसहित एमाले र माओवादी केन्द्रले एक सातादेखि लगातार छलफल गर्दै आएका छन् । प्याकेजमै विषय नटुंगिएकाले सरकार–फोरम छलफल लम्बिँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

यस्तो छ सहमतिको मस्यौदा

१. संविधान संशोधनबारे
संघीय समाजवादी फोरमले उठाउँदै आएको संविधान संशोधनसँग सम्बन्धित माग र मुद्दा संविधान संशोधनको माध्यमबाट संशोधन गर्ने । त्यस्तै, कतिपय विषय र एजेन्डा सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिनेछ । यी सबैको गृहकार्य गर्न आवश्यकताअनुसार संयन्त्र निर्माण गरेर अघि बढ्न सहमत भएका छौँ ।

२. सरकारमा सहभागिताबारे

एमाले र माओवादी केन्द्रसँग सरकारमा सहकार्य गर्दै अघि बढ्न संघीय समाजवादी फोरम सहमत भएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्