अन्तिममा किन भयो सरकार–फोरम बार्ता निष्कर्षविहीन


 


काठमाडौं, फागुन १७
सरकार र संघीय समाजवादी फोरमबीचको छलफल विनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको छलफल विनानिष्कर्ष टुंगिएको हो । नयाँ पत्रिकामा खबर छ ।

संविधान संशोधन, सरकारको नीति तथा कार्यक्रम र मन्त्रालय बाँडफाँडसहितका विषयमा केन्द्रित रहेर सरकार र फोरमबीच छलफल भएको थियो । तर, केही विषयमा छलफल बाँकी नै रहेकाले बिहीबार पुनः बस्ने गरी छलफल टुंगिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘छलफल सकारात्मक दिशामै अघि बढेको छ, तर कतिपय विषय बाँकी नै रहेकाले बिहीबार पुनः बस्ने गरी छलफल टुंगियो,’ श्रेष्ठले भने ।

लिखित राजनीतिक सहमतिपछि सरकारमा सहभागी हुन फोरम तयार देखिएकाले प्रधानमन्त्री केपी ओलीले सरकारलाई पूर्णता दिन ढिलाइ गरिरहेका छन् ।

यसअघि एमाले र माओवादी केन्द्रको सहभागितामा गत सोमबार नै १८ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी थियो । तर, फोरमसँग लिखित सहमति र मन्त्रालय बाँडफाँडका विषयमा तीन दिनदेखि लगातार द्विपक्षीय छलफल चल्दै आएको छ ।

 

प्रकाशित मिति: १७ फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्