सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो ?


 


काठमाडौं, फागुन १६
बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन आज तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ५७ हजार चार सय पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला सात सय ४० रुपैयाँमा झरेको छ । हिजो भने चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्