‘एक नं प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने’


 


इनरुवा, फागुन १५

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी सबै हिसाबले प्रदेशकै सुन्दर र सम्पन्न जिल्लाको भएको बताउनुभएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा आज अयोजित साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राईले सो कुरा बताउनुभएको हो ।

उहाँले सबै क्षेत्रको केन्द्रका रुपमा रहेको सुनसरीलाई विकासको गतिमा लैजानका लागि घोषणाले एउटा इँट्टा थपेको बताउनुभयो ।

मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि नागरिकले संविधानअनुसार विकास गर्न पाउने जिम्मेवारी नागरिककै काँधमा आएकाले यो प्रदेशलाई सुशासन र सम्पन्नताको प्रदेश बनाउने प्रतिवद्धता जनाउनुभयो ।

मुख्यमन्त्री राईले स्पष्ट योजना र धारणाका साथ अगाडि बढेमात्र नागरिकले संविधानको मर्म र भावनाको अनुभूति गर्न पाउने भएकाले सूचकमा मात्र नभई व्यावहारिक बनाउने बताउनुभयो ।

उहाँले साक्षर जिल्ला घोषणा गरेर मात्र नभई त्यसको व्यावहारिक कार्यान्वयनका लागि साक्षरतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राईले विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानी, विद्युत्लगायतका आवश्यक भएकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो

प्रकाशित मिति: १५ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्