यसरी हुन्छ सिरियामा यद्धविराम सम्भव, रसियाले दियो यस्तो ‘आईडिया’


 


मस्को, फागुन १५

रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सवै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताउनु भएको छ ।

सुरक्षा परिषद्को प्रस्ताव २४०१ कार्यान्वयन गर्न धेरै बाधाहरु आइपरेको उहाँले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
सुरक्षा परिषद्को उक्त प्रस्तावमा सिरियाका सवै पक्षलाई कम्तिमा तीस दिने युद्धविराम गरी मानवीयता कायम राख्न आग्रह गरिएको छ ।

रसियाका उच्च कुटनीतिक अधिकारी लाभरोेभले आईएस लडाकूले मात्रै नभई अन्य पक्षले पनि युद्धविरामका सर्तहरू पालना गर्नुपर्नेमा जोड दिनुभयो । रासस÷सिन्ह्वा

प्रकाशित मिति: १५ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्