सरकारका यी दुई मन्त्री, जो यसरी पुरस्कृत भए


 


काठमाडौं, फागुन १५
पार्टी फुटाएर अलगै पार्टी गठन गरेका र फेरि माओबादी मुल पार्टीमै फर्केका दुई नेताले अहिले केपी ओली नेतृत्वको सरकारमा मन्त्री हुने मौका पाएका छन् ।

माओबादी केन्द्रको तर्फबाट अहिले रामबहादुर थापा र मातृका यादव अहिले मन्त्री बनेका छन् । बादल पार्टीको नेतृत्व गर्दै गृहमन्त्री बनेका छन् भने मातृका यादव उद्योग मन्त्री बनेका छन् ।

मूलधारमै ररिहेका वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, अमनलाल मोदी, बिना मगर र पम्फा भुसाल सम्भावित मन्त्रीका रुपमा चर्चामा थिए । तर, उनीहरुलाई थापा र यादवले उछिने। उनीहरु दुबै जनाले मन्त्री पद हत्याएपछि अन्य आकांक्षी भने असन्तुष्ट भएका छन् ।

केही नेताहरुले पार्टी फुटाउनेहरुलाई नै मन्त्री पद दिएर पुरस्कृत गरेको आरोप लगाइएको छ । थापा र यादव यसअघि मन्त्री हुँदा चर्चित प्रकरणसँग पनि जोडिएका थिए । थापालाई ‘कट्वाल प्रकरण’ तथा यादवलाई ‘शौचालय प्रकरण’ सँग जोडिएका थिए ।

थापा तत्कालीन उपाध्यक्ष मोहन वैद्यसँगै २०६९ असार ६ गते माओवादीबाट अलग भएका थिए । वैद्य माओवादीको महासचिव भएर काम गरेका थापा २०७३ वैशाख ६ गते दाहाल नेतृत्वको माओवादीमा फर्केका थिए ।

त्यस्तै, उद्योगमन्त्री बनेका यादव एमाओवादी पार्टीबाट सबैभन्दा पहिला बाहिरिने नेता हुन् । त्यसपछि एमाओवादी छाडेर नेकपा माओवादी पुनर्गठन गरेको घोषणा गर्दै उनी त्यसको संयोजकसमेत बनेका थिए । गत वर्ष मात्रै उनी पुरानै घर फर्केका हुन् ।

प्रकाशित मिति: १५ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्