जब रेशमलाल चौधरी प्रहरीलाई छक्याउँदै अदालतमा छिरे


 


धनगढी,  फागुन १५

टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको आरोप लागेर फरार रेशमलाल चौधरीलाई जिल्ला अदालत कैलालीले सोमबार पुर्पक्षका लागि कैलाली कारागार चलान गरेको छ ।

सोमबार बिहान चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । आफ्ना पार्टीका कार्यकर्तालाई समेत जानकारी नगराई आएका रेसम अदालतमा झुल्केपछि मात्रै उनीबारे सबैलाई थाहा भएको थियो । अन्नपूर्णमा खबर छ ।

बिहान साढे १० बजे नै रेसम चौधरी आउने सुइँको पाएपछि जिल्ला अदालतमा प्रहरीले बाहिरबाटै प्रक्राउ गर्ने योजना बनाएको थियो। तर प्रहरीलाई छक्याउँदै चौधरी आफैँ मोटरसाइकल चलाएर अदालतमा झुल्किएका थिए ।

रेसम चौधरीले अदालतमा आएपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले सोमबार चार घण्टा लामो बयान उनीसँग लिएको थियो ।

बयानका क्रममा रेशमले टीकापुर घटनाका बेला आफू टीकापुरमा नरहेको दाबी गरेका थिए । त्यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको बयान गरेका अदालत स्रोतले जनाएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्