पहिलेको पाहुना घर, अहिलेको ‘भूत बंगला’


 


काठमाडौ, फागुन १५
कुनै बेलाको निकै राम्रो अतिथि गृह अहिले भने ‘भूत बंगला’मा परिणत भएको छ । जिल्लामा आउने अतिबिशिष्ट व्यक्तिहरुको लागि निर्माण गरिएको अतिथि आवास गृह अहिले भने भूत बंगालामा परिणत भएको हो । नेपाल समाचारपत्रमा खबर छ ।

सदरमुकाम तम्घासमा आउने कुनै पनि बिशिष्ट व्यक्तिहरुलाई राख्नको लागि भन्दै ०२५ सालमा निर्माण भएको भवन अहिले भने जिर्णसँगै भूत बंगाला नामले परिचित छ ।

साबिकको तम्घास गाविस र हालको रेसुङ्गा नगरपालिका वडा नम्बर २ मा पर्ने अतिथि आवास गृह संरक्षण अभावले प्रयोगबिहीन छ । मर्मत नहुँदा आवास गृह प्रयोगबिहीन भएपछि स्थानीवासीले यसलाई भूतबंगाला भनेर चिन्छन् ।

तत्कालीन समयमा निकै कलात्म ढंगले निर्माण गरिएको भवन हाल जिर्ण अवस्थामा छ । तत्कालीन समयमा जिल्ला सदरमुकाममा कुनैपनि त्यस्ता बिशिष्ट बस्ने खाने खालका होटलहरु नहुँदा अतिथि राख्नको निम्ति राज्यले धेरै रकम खर्चेर अतिथि आवास गृह निर्माण गरेको हो ।

तत्कालीन समयमा बाग्लुङ्गका ठेक्दारले ठेक्का लिएर निर्माण भएको भवनमा जिल्लाको इस्मा लगायत धेरै ठाउँबाट बहुमूल्य काठहरु ल्याएर आवास गृह बनाइएको भनाइ छ । उक्त ठेक्दारले भवन पूरा स्टेमेट अनुरुप काम गर्दा गर्दै घाटा खाएको भन्ने स्थानीयवासी बताउँछन् ।

आवास गृहमा भान्सा कोठा, हल र अन्य अतिथि कोठाहरुसँगै ८ वटा रहेका छन् । तत्कालीन समयमा पनि हालको जत्तिकै कलात्म र अत्याधुनिक तरिकाले निर्माण भएको आवास गृहमा गुल्मी जिल्लामा आउने केही बिशिष्ट अतिथिहरु बसेको पाइन्छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्