मन्त्रिपरिषद विस्तार, पूर्व गभर्नर बने अर्थमन्त्री


 


काठमाडौं, फागुन १४
प्रधानमन्त्री केपी शर्मा ओलीले आज चार मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओबादीका मन्त्रिसहित चार जना मन्त्रीलाई सहिभागि गराउदै ओलीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ । माओवादी नेता रामबहादुर थापा बादल माओबादीको नेतृत्व गर्दै गृहमन्त्री बनेका छन् । पूर्वरक्षामन्त्री समेत रहेका बादल माओवादीका वरिष्ठ नेता हुन् ।

माओवादीमा गृहमन्त्रीका लागि बादलसँगै वर्षमान पुन र जनार्दन शर्मा प्रभाकरले दावेदार थिए । माओवादीबाट मात्रिका यादव पनि मन्त्री बनेका छन् ।

मन्त्रिपरिषदमा पूर्व गभर्नर युवराज खतिवडालाई अर्थमन्त्री बनाइएको छ । योजना आयोगका उपाध्यक्ष समेत रहेका खतिवडालाई राष्ट्रियसभा सदस्य समेत मनोनित गरिएको छ ।

एमालेबाट महासचिव ईश्वर पोखरेले रक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनियताको सपथ खुवाएनुभएको छ । लालबाबु पण्डित र थममाया थापा यसअघि नै मन्त्री नियुक्त भइसकेका थिए ।

प्रकाशित मिति: १४ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्