बादलको नेतृत्वमा माओबादी सरकारमा, को–को बन्दैछन् मन्त्री ?


 


काठमाडौं, फागुन १४
माओबादी केन्द्रले रामबहादुर थापाको नेतृत्वमा मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्री ओलीलाई बुझाएको छ । ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने पक्का भएको छ । यसअघि गृहमन्त्रीमा वर्षमान पुनले पनि दाबी गर्दै आएका थिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीको जिम्मेवारीसहित बादलको नेतृत्वमा मन्त्री बन्नेहरुको नामावली बुझाएको बताइएपनि अन्यको नाम भने गोप्य नै राखिएको छ ।

माओबादी स्रातकाअनुसार थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्ने टु‌गो भएको छ। थप एक जनाको नाम टुंगो लाग्न बाँकी रहेको छ ।

त्यस्तै, एमालेमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी सोमबार मन्त्री बन्ने भएका छन्। त्यस्तै रघुवीर महासेठ, हृदयश त्रिपाठी र नारदमुनि रानाको नाम पनि मन्त्रीका लागि टुंगो लागेको बताइएको छ ।

 

प्रकाशित मिति: १४ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्