दलित किशोरीसंग विहे गरेपछि आफ्नै छोराको अपहरण !


 


काठमाडौं, फागुन १४
दलित किशोरीसँग बिहे गरेको भन्दै कञ्चनपुर नगरपालिका–९ का शिवनारायण साहले छोरालाई नै बेपत्ता बनाएका छन्। साहले छोरा मनीषलाई अपहरण गरी बेपत्ता पारेका हुन्। अन्नपूर्णमा खबर छ ।

मनीषले स्थानीय किशोरी कविता रामसँग बिहे गरेका थिए। मनीष र कविता सुनसरीको इनरुवामा डेरा लिएर दुई महिना बसेको थाहा पाएपछि शिवनारायणले बिहे नगर्न दबाब दिन थालेका थिए। यो विषयमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा छलफलसमेत भयो।

त्यहाँ पनि बुवाले बिहे नगर्न दबाब दिएपछि मनीषले अस्वीकार गरे। उनी सबैका अगाडि कविताको हात समातेर हिँडेका थिए। त्यसको दुई दिनमा उनीहरूले भारदहस्थित कंकालनी मन्दिरमा विवाह गरेका थिए।

मनीषलाई बेपत्ता पारेपछि उनले चार दिनदेखि न्यायका लागि प्रहरी कार्यालय धाइरहेकी छन्। मनीषलाई मुख बाँधेर लगेको दिनदेखि उनको मोबाइल अफ रहेको उनले बताइन्। उनका अनुसार मनीषका बुवाले बोक्ने मोबाइलमा फोन गर्दा रिसिभ गरेर काट्ने गरेका छन्।

 

प्रकाशित मिति: १४ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्