देउवामाथि खनिए पौडेल, लेखे चारपाने अभियोग


 


काठमाडौं, फागुन १४

प्रदेशदेखि केन्द्रीय संसदको निर्वाचनमा सभापति शेरबहादुर देउवाकै कारण कांग्रेसले नराम्रो पराजय बेहोर्नुपरेको भन्दै नेता रामचन्द्र पौडेलले केन्द्रीय समितिको बैठकमा चारपन्ने अभियोग प्रस्तुत गरेका छन् ।

आफूले भनेको कुनै पनि कुरा नसुनी सभापतिले एकलौटी रूपमा पार्टी चलाउँदा आज सातवटै प्रदेशमा कांग्रेसले खुट्टा राख्ने ठाउँसमेत नभएको भन्दै पौडेलले भावुक रूपमा लेखिएको चारपाने पत्र केन्द्रीय समितिको बैठकमा बाँडेका हुन् । नयाँ पत्रिकामा खबर छ ।

जहाँ सभापति देउवालाई आरोप नै आरोप लगाइएको छ । साथै, अब के गर्ने भन्ने सुझावसमेत उनले दिएका छन् ।

 

प्रकाशित मिति: १४ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्