अब को बन्दैछ राष्ट्रपति र उपराष्ट्रपति ?


 


काठमाडौं, फागनु १३
एमालेले आफ्ना भागमा परेको राष्ट्रपतिमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने वा नयाँ पठाउने निर्णय गरेको छैन ।

राष्ट्रपति चुनाव २९ फागुनमा हुँदैछ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउन चाहेका छन् ।

भण्डारीले पनि दोहोरिने प्रकट/अप्रकट चाहना राखेकी छन् । एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन् ।

उनले आफूलाई पार्टीले राष्ट्रपतिमा पठाए जान इच्छुक रहेको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

एमालेले राष्ट्रपति दोहोर्‍याए माओवादीले पनि उपराष्ट्रपति दोहोर्‍याउने तर एमालेले राष्ट्रपतिमा नयाँ नाम पठाए पार्टीले पनि अमिक सेरचनको नाम पठाउने तयारी गरेको एक माओवादी नेताले बताए।

प्रकाशित मिति: १३ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्