धरानमा प्रादेशिक महोत्सव शुरु


 


इटहरी, ११ फागुन
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि धरान १२, पब्लिक माविको खेल मैदानमा प्रादेशिक महोत्सव शुरु भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महोत्सव उद्घाटन गर्दै प्रदेश सरकार निजी क्षेत्रसँग विकासका हरेक विषयमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महोत्सवमा प्रत्येक दिन फरक फरक जातजातिको नृत्य तथा झाँकीका साथै राष्ट्रियस्तरका कलाकारले आफ्नो प्रस्तुति दिने महोत्सवका मूल संयोजक जिसस श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा जिल्लास्तरमा उत्पादित ऐतिहासिक तथा मौलिक वस्तु, विभिन्न जानकारीमूलक संघसंथालगायतका १५० कक्ष छन् ।

महोत्सवमा धरानका मौलिक खानाका परिकारदेखि संखुवासभाको ढाकाको कपडा राखिएका छन् ।

साथै दैनिक उपभोग्य सामग्रीसहित अटोमोबाइल्स, कृषिजन्य तथा जडीबुटी, मदिराजन्य एवं सुर्तीजन्य, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, पर्यटन क्षेत्र र पर्यटकीय सामग्रीको प्रदर्शनी तथा बिक्री, हस्तकला र औद्योगिक सामग्री, एक गाउँ एक उत्पादन र शैक्षिक प्रदर्शनीका कक्ष राखिएका छन् ।

प्रकाशित मिति: १२ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्