प्रदेश ६ को संसद् बैठक आज, नाम र राजधानी तोकिदै


 


सुर्खेत, फागुन १२
प्रदेश नं ६ को प्रदेशसभा चौथो बैठक आज बस्ने भएको छ ।

सो बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने तयारी गरेको छ ।

शनिबार अपराह्न १ः०० बजे बस्ने बैठकले प्रदेश नं ६ को नामकरण र प्रदेशको स्थायी राजधानी तोक्ने तयारी गरेको उपसभामुख पुष्पा घर्तीले जानकारी दिनुभयो ।

प्रदेश ६ को राजधानी भेरी कर्णाली र राजधानी जुम्ला तोक्ने तयारी भएको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्