केन्द्र सरकारमा १७ मन्त्रालय राख्ने निर्णय


 


काठमाडौं, फागुन ११
सरकारले केन्द्र सरकारमा १७ वटा मन्त्रालय राख्ने निर्णय गरेको छ ।

शुक्रबार विहान बसेको मन्त्रिपरिषद बैठकले हाल कायम रहेका ३० वटा मन्त्रालयबाट घटाएर १७ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको हो ।

अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललार्इ नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्