मन्त्रिपरिषदको बैठक बस्दै, के–के हुँदैछ निर्णय


 


काठमाडौं, फागुन ११
सरकारलाई पूर्णता दिने विषयमा छलफल गर्न केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

केन्द्रीय सरकारमा १७ वटा मन्त्रालय राख्ने मोटामोटी तयारी भएपछि नाम र मन्त्रालयको कार्यभार टुंग्याउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यस विषयमा टुंगो लागिसकेपछि आजै सरकारले पूर्णता पाउन सक्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ । केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० वटा मन्त्रालयलाई गाभेर १७ वटामा मन्त्रालय मात्रै राखिने भएको छ ।

मन्त्री आंकक्षी व्यवस्थापन गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मन्त्री पठाउने तयारी पनि संगसंगै गरेका छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्