किराँती साइँला माओवादीबाट आउट, यस्तो छ कारबाही


 


फागुन १०

नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँती (साइँला) माओवादी केन्द्रबाट आउट भएका छन् ।

खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले साइँला लगायत तीन नेतालाई कारबाही गरेको हो ।

पार्टी नीति विपरित काम गरेको भन्दै गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने आजको बैठकले निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

माओवादीले सरकारमा जानका लागि नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तीन नेतालाई दिएको छ ।

बैठकले अध्यक्ष ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्