माओवादीका यी तीन नेताले पाए मन्त्री छान्ने जिम्मा


 


काठमाडौँ, फागुन १०
नेकपा (माओवादी केन्द्र) ले सरकारमा जानका लागि नीतिगत निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तीन नेतालाई दिएको छ ।

खुमलटारस्थित पार्टी अध्यक्ष दाहाल निवासमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई सो जिम्मा दिने निर्णय गरेको हो ।

कुन–कुन मन्त्रालय लिएर कुन–कुन नेतालाई पठाउने भन्ने विषयमा अध्यक्षसहित नेता श्रेष्ठ र थापालाई जिम्मा दिने निर्णय भएको पार्टीका नेता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा यही फागुन ७ गते नेकपा ९एमाले० सँग भएको सात बुँदे सहमति, पार्टी एकता कार्यदलको बैठक, सरकारमा सहभागिताका लागि नीतिगत समझदारी र मापदण्ड बनाएर जाने विषयमासमेत छलफल भएको थियो ।

त्यसैगरी बैठकले पार्टीका तीन नेता गोपाल किराती, विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीमा नरहेको सार्वजनिक घोषणा गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्