प्रदेश नं १ः कुनै समस्या पर्याे ? मुख्यमन्त्री शेरधनलाई फोन गर्नुहोस्


 


मोरङ, फागुन १०
प्रदेश नं १ कोे मन्त्रिपरिषद् बैठकले महिनामा दुई पटक मुख्यमन्त्री र जनताबीच टेलिफोन संवाद कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले नागरिक सुरक्षाका लागि ‘जनतासँग प्रहरी अभियान’अन्तर्गत प्रदेश नं १ मा रहेका सम्पूर्ण घरधुरीको तथ्यांक संकलन गरेर घरघरमा प्रहरीको टेलिफोन नंसहितको स्टिकर टाँस्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री शेरधन राईले आपराधिक वा प्राकृतिक घटना भएका स्थानमा शहरमा आधा घण्टा र ग्रामीण क्षेत्रमा एक घण्टाभित्र प्रहरी पुग्ने तयारीमा सरकार लागेको बताउनुभयो ।

बैठकले प्रदेशस्तरीय कानून निर्माणका लागि मन्त्रिपरिषद्लाई सुझाव दिन तीन सदस्यीय समिति गठन गरेको छ ।

कानून मस्यौदा, भौतिक पूर्वाधार विकास र सुशासन तथा सदाचार समितिले आवश्यक कानुन मस्यौदा तयार गरी मन्त्रिपरिषद्को सचिवालयमा प्रस्तुत गर्नेछ । फागुन तेस्रो साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्