मन्त्रिमण्डल विस्तार गर्ने ओलीको तयारी, को–को छन् मन्त्रीका आकांक्षी ?


 


काठमाडौं, फागुन १०
प्रधानमन्त्री केपी ओलीले सरकार गठन भएको एक सातापछि आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । एमाले अध्यक्ष ओली माओवादी केन्द्रको साथ लिएर फागुन ३ मा प्रधानमन्त्री बनेका थिए।

सरकार गठनका लागि तयारी गरे पनि मन्त्रालयको भागबन्डा, संख्या र आकांक्षीको दबाबका कारण उनलाई सकस परिरहेको छ।

प्रधानमन्त्री ओली सकभर उपेन्द्र्र यादव नेतृत्वको संघीय फोरमलाई समेत सहभागी गराई दुईतिहाइको सरकार सञ्चालनको कसरतमा छन्।त्यसका लागि उनले निर्वाचन परिणाम आएदेखि नै यादवलाई प्राथमिकता दिइरहेका छन्। आजको अन्नपूर्णमा खबर छ ।

सरकार विस्तारमा उपेन्द्रको पार्टीको निर्णयसमेत ओली अहिले पर्खेर बसेका छन्। यादवले सकारात्मक प्रतिक्रिया दिए मन्त्रिपरिषद्को संख्या केही तल–माथि गरेरै भए पनि सरकारमा ल्याउने तयारीमा ओली रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।

केन्द्रमा २५ वटासम्म मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ तर सरकारले नै बनाएको प्रशासनिक सुधार आयोगका अध्यक्ष काशीराज दाहालको कार्यदलले १५ र सामान्य प्रशासन मन्त्रालयले १८ वटासम्म मन्त्रालय बनाउन सकिने प्रस्ताव गरेको छ।

प्रधानमन्त्री ओली र दाहालबीच १९ सदस्यीय मन्त्रिमण्डल बनाउने विषयमा करिब–करिब समझदारी जुटेको छ।

यी हुन् मन्त्रीका अकांक्षी

माओवादीः रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव, देव गुरुङ, हितबहादुर तामाङ, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, शक्ति बस्नेत, लेखराज भट्ट, शशि श्रेष्ठ, जयपुरी घर्ती, सुरेश राई, राम कार्की।

एमालेः ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भीम रावल, सुरेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल, प्रेम आले, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ।

प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्