फोरमलाई पनि सरकारमा ल्याउने सहमति, यस्तो छ ओली–प्रचण्डको तयारी


 


काठमाडौं, फागुन १०
प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरमलाई पनि समेटेर सरकार विस्तार गर्ने गृहकार्य थालेका छन् ।

सरकारमा सहभागी हुन फोरम सकारात्मक देखिएपछि दुई नेता दुईतिहाइ बहुमतको सरकारको गृहकार्यमा जुटेका हुन् । आजनको नयाँ पत्रिकामा खबर छ ।

संविधान संशोधनका विषय तय गर्न कार्यदल गठन भए सरकारमा आउन फोरम सकारात्मक छ । ‘फोरमलाई पनि सरकारमा ल्याउने कसरत भइरहेको छ, ऊ पनि सकारात्मक देखिएको छ ।

त्यसैले मधेसका मुद्दा सम्बोधनका लागि फोरमसमेत सहभागी हुने गरी सरकार विस्तार गर्ने गृहकार्य भइरहेको छ,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने । एमाले र संघीय समाजवादी फोरमबीच संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा बुधबार छलफल भएको छ ।

प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्