डिपीएल प्रतियोगितामा चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए, को-को हुन् ?
काठमाडौँ, ९ फागुन
दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् ।
ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो ।
त्यसैगरी, पृथु बाँस्कोटा विराटनगरमा आबद्व भए । उनलाई विराटनगरले रु एक लाख २० हजारमा अनुबन्ध गरेको हो । सोही रकममा नरेश बुढाऐरलाई काठमाडौँ गोल्डेन्सले खरिद ग¥यो ।
त्यस्तै, विराटनगरले रु एक लाखमा रामनरेश गिरी, पवन सर्राफ, सौरभ खनाल, दिलीप नाथ र अनिल कुमार शाहलाई अनुबन्धन ग¥यो ।
सिवाइसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई पनि जनही रु एक लाखमा नै अनुबन्धन ग¥यो भने काठमाडौँ गोल्डेन्सले अमित श्रेष्ठ, किशोर महतो, ललित राजवंशीे र साहव आलमलाई रु एक/एक लाखमा किन्यो ।
यता महेन्द्रनगरले रोहितकुमार पौडेल र भुवन कार्कीलाई अनुबन्धन ग¥यो । उनीहरुलाई जनही रु एक लाखमा किनेको हो । रुपन्देही च्यालेन्जर्सले बिक्रम कुमार भुषाल, सुशन भारी र सिद्धान्त लोहनीलाई जनही रु एक लाखमा अनुबन्धन ग¥यो ।
टिम चौराहा, धनगढीले ललित भण्डारी, योगेन्द्रसिंह कार्की, सोनु तामाङ र सुनिल धमलाका लागि जनही रु एक लाख खर्च ग¥यो ।
अन्नपूर्ण होटलमा आज सम्पन्न अक्सनमा १८७ खेलाडीको नाम दर्ता भएको थियो जसमा ७२ खेलाडी अक्सनमा बिकेका हुन् ।
धनगढीमा आगामी चैत १७ देखि वैशाख १ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिम चौराह धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्स, काठमाडौँ गोल्डेन्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका विजेताले रु २५ लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: ९ फाल्गुन २०७४, बुधबार