सुनको मूल्य आज पनि घट्यो, कति छ ? हेर्नुहोस्


 


काठमाडौं, फागुन ९
बुधबार पनि पहेलो धातु अर्थात सुनको मूल्य घटेको छ ।

मंगलबारको तुलनामा आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ५७ हजार आठ सय रुपैयाँ रहेको सुनको मूल्य आज ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्यमा भने कुनै थपघट भएको छैन् ।  चाँदी हिजोकै यथावत मूल्यमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ७ सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्