काठमाडौंमा गयो बिहानै भूकम्प
काठमाडौँ, ९ फागुन
आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।
बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।
काठमाडौंमा निकै लामो समयपछि पराकम्प गएको हो । पराकम्प गएपछि मानिसहरु उठेका थिए ।
विहानपख भएकोले कतिपय मानिसहरुले भने पराकम्प महशुस गर्न पाएनन् ।
प्रकाशित मिति: ९ फाल्गुन २०७४, बुधबार