सुनचाँदीको मूल्य घट्यो, कति छ आज ?


 


काठमाडौं, फागुन ८

बजारमा आज फेरि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ४० रुपैयाँ कायम भएको छ । हिजो चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्