राष्ट्रियसभा सदस्यमा नयाँ सिफारिसप्रति कांग्रेसको विरोध 


 



काठमाडौं, फागुन ८
ओली सरकारले राष्ट्रियसभा सदस्यका लागि नयाँ नाम सिफारिस गरेपछि कांग्रेसले आपत्ति जनाएको छ ।

आफ्नो सरकारले पठाएको नाम फिर्ता लिएर अर्को नाम पठाएको भन्दै कांग्रेसले विरोध जनाएको छ । कांग्रेसले संविधान र राष्ट्रिय सहमतिको भावना विपरित भएको जनाएको छ ।

देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, आज विहान बसेको मन्त्रिपरिषदको बैठकले पूरानो सिफारिस रद्ध गर्दै युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई पठाएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्