राष्ट्रियसभामा तीन जना सिफारिस, देउवा सरकारको सिफारिस रद्ध 


 


काठमाडौं, फागुन ८
सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो।

ओली सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रद्ध गर्दै नयाँ नाम सिफारिस गरेको हो । देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिने र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्