प्रधानन्यायाधीसको पाँचौ जम्नमिति फेला !


 


काठमाडौं, फागुन ८
जन्ममिति विवादमा आएका प्रधानन्यायाधीश गोपाल पराजुलीको पाँचौं जन्ममिति खुलेको छ ।

चितवनको शारदानगरस्थित श्री शारदा माविबाट लिएको स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) को विवरणअनुसार उनको जन्ममिति २००९ साल चैत १५ गते देखिन्छ । आजको कान्तिपुरमा खबर छ ।  प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरकफरक जन्ममिति भेटिएपछि उत्पन्न विवाद अझै निरुपण हुन सकेको छैन ।

सर्वोच्च अदालत उच्च स्रोतले कान्तिपुरलाई उपलब्ध गराएको ट्रान्सफर सर्टिफिकेटमा प्रधानन्यायाधीश पराजुलीको त्यतिबेलाको उमेर १८ वर्ष २ महिना १० दिन उल्लेख छ । प्रमाणपत्रमा भनिएको छ, ‘भर्ना हुने रजिस्ट्ररअनुसार उनको जन्ममिति यही हो ।’

उक्त प्रमाणपत्र २०२८ साल जेठ २५ गते जारी गरिएको त्यसमै उल्लेख छ । न्यायपरिषदबाट सर्वोच्च अदालतमा भएको पत्राचारमा समेत यो प्रमाणपत्रको फोटोकपी पठाइएको छ ।

प्रमाणपत्र जारी भएको मितिबाट त्यसैमा उल्लेख गरिएको उमेर घटाउँदा पराजुलीको जन्ममिति २००९ साल चैत १५ गते हुन आउँछ । प्रमाणपत्रमा उनको चरित्र राम्रो रहेको उल्लेख गर्दै सामान्य कारणले उनले विद्यालय छाडेको उल्लेख छ ।

प्रमाणपत्रमा उनले १० कक्षा पढिरहेको र एसएलसी उत्तीर्ण नगरेको समेत उल्लेख छ । ४४९ नम्बरको प्रमाणपत्रमा उल्लेख गरिएको उनको बाबुको नामसमेत नागरिकता प्रमाणपत्र र अन्य कागजातसँग मिल्छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्