सुनचाँदीको मूल्य पुनः बढ्यो, कति छ ? हेर्नुहोस्


 


काठमाडौं, फागुन ७
नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य केही बृद्धि भएको छ । आज सुन तोलामा एक सय रुपैयाँ बृद्धि हुँदै प्रतितोला ५८ हजार रुपैयाँ पुगेको छ । हिजो मात्रै सुन तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला ५७ हजार नौं सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बृद्धि हुँदै प्रतितोला सात सय ४५ रुपैयाँ पुगेको छ ।

हिजो मात्रै चाँदी तोलामा १० रुपैयाँ घट्दै प्रतितोला सात सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत हप्ताको अन्तिम दिन शुक्रबार चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ७ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्