राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान, फागुन २१ गते पहिलो बैठक


 


काठमाडौं, फागुन ७

रापष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गतेका लागि संघीय संसद अधिवेशन आह्वान गरेकी छन् ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो अधिवेशन आह्वान गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति कार्यालयले सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेको हो ।

नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन गर्ने कार्यतालिका छ । संघीय संसदको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने छ ।

 

प्रकाशित मिति: ७ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्