प्रजातन्त्र दिवस मनाइँदै, आज सार्वजनिक विदा


 


काठमाडौं, फागुन ७
जहानियाँ १०४ वर्षे राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज विविध कार्यक्रम गरि प्रजातन्त्र दिवस मनाइँदै छ । राणा शासनको अन्त्य भएपछि विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको थियो ।

दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । गणतन्त्र स्थापनापछि प्रजातन्त्र दिवस मनाउन छाडिएको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहान ९ बजे विशेष कार्यक्रम आयोजना गरिएको छ । एकसय चार वर्षे जहानियाँ राणा शासनविरुद्ध चर्किएको आन्दोलनपछि तत्कालीन शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।

 

प्रकाशित मिति: ७ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्