ओली आज बालुवाटार सर्दै, यस्तो छ तयारी


 


काठमाडौं, फागुन ६
प्रधानमन्त्री केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निवास छोडेको दुई दिनपछि ओली सर्न लगेका हुन् ।

देउवा शुक्रबार नै बूढानीलकण्ठस्थित निजी निवास फर्किसकेका छन् । प्रधानमन्त्री ओली आज ४ बजेसम्म सरकारी निवास बालुवाटार सर्ने समय तय भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

ओली परम्परागत भन्दा पनि सामान्य तरिकाले सरकारी निवास सर्ने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले बताए । ओलीको प्रवेशका लागि बालुवाटारमा सरसफाइ र मर्मतसम्भार समेत गरिएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्