सत्ताबाट बाहिरिएलगत्तै देउवामाथि पर्यो यस्तो दवाव, के गर्छन् अब ?


 


काठमाडौं, फागुन ५
सत्ताबाट बाहिरिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महासमितिको बैठक बोलाउन दबाव परेको छ । नेता डा शेखर कोइरालाले महासमितिको बैठक बोलाउन पार्टी सभापति देउवालाई आग्रह गरेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

नेता कोइरालाले बैठक बोलाउन डराउनु नपर्ने भन्दै तत्काल बैठकको मिति तोक्न देउवालाई आग्रह गरेका छन् । शनिवार विराटनगरमा आयोजित नेपाल विद्यार्थी संघको प्रदेश नं १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले भने, “सभापतिजीले महासमितिको बैठक बोलाउँछु भन्नुभएको यतिका समय बितिसक्यो । बैठक बोलाउन किन आलटाल गरिरहनुभएको छ बुझ्न सकेको छैन ।’

डा कोइरालाले जतिसक्दो छिटो महासमितिको बैठकमार्फत् पार्टीको विधान संशोधन गरेर अगाडि नबढे पार्टी समाप्तिको बाटोमा जाने चेतावनी दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू धनराज गुरुङ, चन्द्र भण्डारी, गुरूराज घिमिरे र प्रदीप पौडेलले कांग्रेस नेतृत्व असफल भइसकेको भन्दै पार्टी अब पुरानो ढर्राले चल्न नसक्ने धारणा राखेका थिए ।

प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्