वडाध्यक्षका ६ वर्षीय छोराको अपहरण, घरबाट हिडेको बालक स्कुल पुगेन


 


कपिलवस्तु, फागुन ५
मायादेवी गाउँपालिका–४ पिपराका वडाध्यक्षका छोराको अपहरण भएको छ ।

वडाध्यक्ष फत्ते मोहम्मदका छ वर्षीय छोरा रेहमानको अपहरण कसले गरेको हो भन्ने खुलेको छैन । घर नजिकैको निसवा स्कुल, गुल्डीहवामा नर्सरीमा पढ्ने रेजमानलाई स्कुल जाँदै गर्दा गाउँबाटै बिहीबार अपहरण गरिएको वडाअध्यक्ष मोहम्मदले बताउनुभयो ।

आफ्नो छोराको अपहरण भएको खबर साँझ ५ः०० बजे मात्र थाहा भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहानै नजिकैको स्कुल जान हिँडेको थियो तर बेलुकासम्म घर नआएपछि सोधखोज गर्दा भेटिएन ।” अपहरण भएको बारे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी गरिएको मोहम्मदले जानकारी दिनुभयो ।

उनको खोजीका लागि उहाँले सबैसँग आग्रह गर्नुभएको छ । अपहरणबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो । रासस
–––

प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्